साफ च्याम्पियनसिप : सेमिफाइनल समीकरण पूरा, टसमा मालदिभ्सकाे भाग्य चम्कियाे

 भदौ २४, २०७५ आइतबार २०:५८:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

बंगलादेशको ढाकामा जारी साफ च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा भएको छ । समूह चरणको अन्तिम खेलमा भारतले मालदिभ्सलाई २–० ले हराएसँगै सेमिफाइनलको समीकरण पूरा भएको हो । 

बंगबन्धु रंगशालामा भएको खेलमा भारतले ३६औं मिनेटमा अग्रता लिएको थियो । निखिल पुजारीले  भारतका लागि पहिलाे गोल गरेका थिए । ४४औं मिनेटमा भारतका मनवीर सिंहले दोस्रो गोल गरेका थिए । भारत ६ अंकसहित समूह बीको विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । भारतले सेमिफाइनलमा समूह ए को उपविजेता पाकिस्तानसँग खेल्नेछ ।

श्रीलंका र माल्दिभ्स दुवै टिमले भारतसँग समान दुई गोलको अन्तरमा हारेका कारण दुवै समान स्थितिमा थिए । समूह उपविजेताकाे निर्धारण टसबाट भएकाे थियाे । टस जित्दै सेमीफाइनलमा मालदिभ्सले स्थान बनायाे । 

नेपालले बुधबार सेमिफाइनलमा मालदिभ्ससँग प्रतिस्पर्धा गर्नेछ ।


 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया