नेविसंघमा उमेर हदको विवाद

 भदौ २४, २०७५ सोमबार ५:३२:३० | रासस
unn.prixa.net

काठमाडौं - नेपाल विद्यार्थी सङ्घको बैठकमा उमेर हद कति हुने भन्नेबारेमा विवाद देखिएको छ । नेवि सङ्घको निर्वाचन कार्यतालिका, विधान र नियमावलीबारे छलफल गर्न शनिबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा चलिरहेको री बैठकमा उमेर हदका बारेमा विवाद देखिएको हो । 

निर्वाचन आगामी असोज १६ देखि १८ गते सम्पन्न गर्ने कुरामा कुरा मिले पनि कुन उमेर समूहका व्यक्ति निर्वाचन लड्ने भन्नेबारेमा विवाद देखिएको नेवि सङ्घका सहमहामन्त्री एवं प्रवक्ता प्रेम जोशीले जानकारी दिनुभयो । नेवि सङ्घको ११औँ महाधिवेशनमा १२औँ महाधिवेशनमा अध्यक्ष लड्नका लागि ३२ वर्ष ननाघेको हुनुपर्ने प्रावधान राखिएको थियो । 

अध्यक्ष नैनसिंह महरले बैठकमा राखेका कुरालाई बृहत् छलफल गर्नका लागि बैठक सोमबार बिहान ८ बजेसम्म स्थगित भएको नेवि सङ्घ केन्द्रीय सदस्य सुनिता पोखरेलले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत ३०, २०८०

1 Comments

  • हेमराज सुब्बा

    Sept. 10, 2018, 8:11 a.m.

    नेपाल बिधार्थि संघमा हाल उमेरकाे हदबन्दी सम्बन्धमा जुन उठेको छ त्यो २१ साैं सतासताब्दि काे युग अनुरूप उठेकाे छ जुन बैज्ञानिक र ब्यवहारीक छ। कुनै पनि बिधार्थिकाे लक्ष्य यस उमेरकाे हद भित्र अाफ्नाे अध्यन सिधाएर बिधार्थि जिवनकाे राजनीति छाेडेर पार्टी गत जाने या कुनै ब्यवसायमा रहेर परिवार , समाज र देशकाे लागि ब्यथित गर्ने साेच हुनु अहिलेकाे अावास्यक्ता हाे ताकि दारि, जङ्गा र कपाल फुलाएर Rigid भएर बिधार्थि भएर बस्नु बिकास बिराेधीकाे उदाहरण हुनु २१ सताब्दीकाे बरखिलाफ हाे । यदि नेतृत्व ल नेबिसंघमा सक्षम, डायनामिक नेतृत्वकाे बिकास चाहान्छ भने नेबिसंघकाे कुनै पनि संगठनमा उमेदवार हुनलाई ३० बर्ष हद राखन सुजाव गर्दछु।

  •  0 Reply

तपाईको प्रतिक्रिया