तरुण दलका नेताको हत्या गरिएको विरोधमा रोल्पा बन्द

 भदौ २५, २०७५ सोमबार ७:९:५१ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – नेपाल तरुण दल रोल्पा नगरपालिकाका अध्यक्ष रोहित पुनको गोली हानी हत्या भएको विरोधमा तरुण दल रोल्पाले सोमबार रोल्पा बन्द गरेको छ ।

इलाका प्रहरी कार्यालय सुलिचौरको नजिकै रहेको रेष्टुरेन्टमा आइतबार बेलुकी पुनको गोली हानी हत्या गर्ने केही व्यक्तिहरु फरार रहेकाले उनीहरुलाई पक्राउ गरी कडा कारबाही हुनुपर्ने माग गर्दै बन्द आह्वान गरिएको तरुण दल रोल्पाका सचिव लिलाधर आचार्यले जानकारी दिनुभयो । बन्दका कारण बजार, शिक्षण संस्था र यातायात सेवा पूर्ण रुपमा ठप्प भएको छ ।

तरुण दलका नेता पुनको आइतबार सुलिचौरको एक रेष्टुरेन्टमा बोलाई छातीमा तीन गोली हानेर हत्या गरिएको थियो ।

गोली हानेको आरोपमा प्रहरीले तत्कालीन माओवादी केन्द्र समर्थक रोल्पा नगरपालिका–१० धबाङका ३० वर्षीय देवबहादुर घर्तीलाई पेस्तोलसहित पक्राउ गरेको भए पनि अन्य फरार अभियुक्तहरुलाई तत्काल फक्राउ नगरे अनिश्चितकालीन रोल्पा बन्द गरी आन्दोलन चर्काेउनेसमेत तरुण दल रोल्पाले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया