सुरुवाती अग्रता लिएकाे पेरुविरुद्ध जर्मनीकाे जित

 भदौ २५, २०७५ सोमबार ८:४८:९ | उज्यालो सहकर्मी

मैत्रीपूर्ण खेलमा पेरुलाई जर्मनीले २–१ ले हराएको छ । आइतबार राति भएको खेलमा निको शुल्जले ८५ औं मिनेटमा गोल गरे पछि जर्मनी पेरुविरुद्ध जर्मनीले २–१ गोलको जित निकालेको हाे ।

मैत्रीपूर्ण फुटबलमा जर्मनीका लागि डेब्यु गरेका निको र जुलियन ब्राण्डले गोल गरेका थिए ।

२२ औं मिनेटमा पेरुले अग्रता लिए पनि जर्मनी खेलमा फर्कँदै जित हात पारेको हो । लुइस एडमिन्क्लाले गोल गर्दै पेरूलाई अग्रता दिलाएका थिए ।

तर २५ औँ मिनेटमा जुलियन ब्रान्डले जर्मनीका लागि बराबरी गोल गरे । पहिलो हाफसम्म १–१ गोलको बराबरी भएको खेलको ८५ अ मिनेटमा शुल्जले निर्णायक गोल गर्दै जर्मनीलाई जित दिलाए।

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया