कौडा खेल्ने ८ जना पक्राउ

 भदौ २५, २०७५ सोमबार १०:४८:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

नवलपरासी – कौडा खेलिरहेका ८ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय गैंडाकोटले गैंडाकोट नगरपालिका वडा नम्बर ५ कुमुघाटबाट कौडा खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गैडाकोट २ बस्ने वर्ष ४० का नवराज क्षेत्री, तनहुँ आबुखैरेनी बस्ने ४० वर्षका सुरेन्द्र मगर, गोरखा शहीद लखन गाउँपालिका बस्ने ३० वर्षका डिल्ली प्रसाद पनेरु , चितवन भरतपुर महानगरपालिका ११ बस्ने ४१ वर्षका बोधबहादुर पौडेल, लमजुङ्ग बेशीसहर बस्ने ४१ वर्षका मिलन सिलवाल, चितवन भरतपुर महानगरपालिका बस्ने ३८ वर्षका बुद्ध घले, चितवन राप्ती नगरपालिका बस्ने वर्ष ७० का  कृष्णप्रसाद तिमिल्सिना र  सर्लाही ईश्वरपुर बस्ने वर्ष ३७ का रमेश कार्की रहेको ईलाका प्रहरी कार्यालय गैडाकोटका प्रमुख प्रहरी निरीक्षक लोक बहादुर जिसीले बताउनुभयो ।  

पक्राउ पर्नेको साथबाट १ लाख ३० हजार १ सय २० रुपैयाँसहित कौडा खेलाउने बोर्ड १ थान ,कौडा १६ थान बरामद गरिएको प्रहरी निरीक्षक जिसीले बताउनुभयो । प्रकाउ परेकाहरुको बारेमा अनुसन्धान गरीरहेको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया