नेपाल पुस्तक व्यवसायी महासंघ जिल्ला शाखा काठमाडौंको अध्यक्षमा महेश शर्मा

 भदौ २५, २०७५ सोमबार ११:६:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा काठमाडौंको अध्यक्षमा महेश शर्मा चयन हुनुभएको छ । 

शाखाको छैठौँ अधिवेशनले शर्माको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा मानकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा नारायण दाहाल सचिवमा श्रीधर आचार्य, कोषाध्यक्षमा देवका आचार्य र सहसचिवमा गोकुल घिमिरे चयन हुनुभएको छ ।

यस्तै, सदस्यमा खगेन्द्र पौडेल, गणेश पौडेल, द्रोणप्रसाद न्यौपाने, वासुदेव रेग्मी, कृष्णप्रसाद न्याैपाने,धिरेन्द्र पण्डित, दिलिप पुरी, विष्णु गिरी, राजन फुयाल, मधुकुमार क्षेत्री, गरिमा रिजाल, गोविन्द शर्मा, रमेशप्रसाद लामिछाने चयन हुनुभएको छ । 
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया