नयाँ प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम सर्वसम्मत अनुमोदन

 भदौ २५, २०७५ सोमबार १२:२६:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – संसदीय सुनुवाई विशेष समितिले भावी प्रधानन्यायाधीशका लागि ओमप्रकाश मिश्रको नाम अनुमोदन गरेको छ । 

सोमबार भएको सुनुवाईपछि समितिले मिश्रको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको हो । यसअघि, प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको नाम सुनुवाई समितिले अस्वीकृत गरेपछि संवैधानिक परिषदले मिश्रलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।

समितिले अनुमोदन गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानन्यायाधीशका रुपमा मिश्रलाई नियुक्त गर्ने बाटो खुलेको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया