नागरिकता बनाउन गएकी वृद्धा जिल्ला प्रशासन कार्यालयबाटै बेपत्ता

 भदौ २५, २०७५ सोमबार १३:३६:२० | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – नागरिकता बनाउन गएकी एक वृद्धा जिल्ला प्रशासन कार्यालय धनुषाबाटै हराएकी छन् । 

धनुषाको सबैला नगरपालिका –१२, रघुनाथपुर टोकी बस्ने ७२ वर्षकी रामसखी देवी जिल्ला प्रशासन कार्यालयको प्रांगणबाट  हराएकी परिवारजनले जनाएको छ ।

नागरिकताको प्रतिलिपि बनाउन आइतबार जिल्ला प्रशासन कार्यालय धनुषामा गएको बेला दिउँसो १२ बजे रामसखी हराएपछि घरपरिवार खोजतलासमा लागेका छन् । आमा हराएको विषयमा प्रहरीमा समेत जानकारी गराएको रामसखीकी कान्छो छोरा जोगी मुखियाले बताउनुभयो ।

आमा जिल्ला प्रशासनबाटै हराएपछि घरपरिवार चिन्तामा डुबेका छन् ।  रामसखीको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया