निर्मला पन्त हत्या प्रकरण : उच्चस्तरीय छानबिन समितिका सदस्य केसीले दिए राजीनामा

 भदौ २५, २०७५ सोमबार १५:१४:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानका लागि सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिका एक जना सदस्यले राजीनामा दिएका छन् । 

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको  हत्याको अनुसन्धानका लागि गठित उच्चस्तरीय छानबिन समितिको अनुसन्धानप्रति असन्तुष्टि जनाउँदै सात नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव एवम् समितिका सदस्य वीरेन्द्र केसीले राजीनामा दिनुभएको हो । 

उहाँले काठमाडौँमा पत्रकार सम्मेलन गरेर अब आफू समितिमा नरहेको बताउनुभयो । समितिले गरेको छानबिनले निर्मलाले न्याय पाउनेमा शंका लागेकाले निर्मलाको न्यायका लागि आफूले राजीनामा दिएको उहाँले बताउनुभयो । 

आफूले हुलाकमार्फत समितिमा नबसेको जानकारी सरकारलाई गराएको उहाँले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: असोज ३, २०७५

तपाईको प्रतिक्रिया