मसाज र डान्स बारहरुमा हुने अश्लीलता नियन्त्रण गर्न प्रहरीलाई कानुनी अधिकार छैन : महानिरीक्षक खनाल

 भदौ २५, २०७५ सोमबार १५:३९:३९ | उज्यालो सहकर्मी

काठमाडौं – नेपाल प्रहरीले काठमाडौंको मसाज, डान्स बारहरुमा हुने अश्लीलता नियन्त्रण गर्ने कानुनी अधिकार आफ्नो संगठनलाई नरहेको स्पष्ट पारेको छ । 

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले काठमाडौंका मसाज, डान्स, बारहरुमा हुने अश्लीलता नियन्त्रण गर्ने कानुनी अधिकार आफूहरुसँग नरहेको प्रष्टयाउनु भएको हो ।

समाजमा अश्लीलता हुन नदिन आफूहरुले मसाज, डान्स, बारहरुमा छापा मार्ने गरे पनि त्यसलाई नियन्त्रण गर्न स्थानीयले साथ नदिएकोमा महानिरीक्षक खनालको असन्तुष्टि छ । 

सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले प्रहरीले महिला, बालबालिका बेचविखन हुन नदिन सक्दो पहल गरिरहेको दावी पनि गर्नुभयो । उहाँले उजुरी नै नभएका कारण मानव बेचबिखनको घटना हुन नदिन प्रहरीले आवश्यक पहलकदमी लिन नसकेको पनि बताउनु भयो ।

महानिरीक्षक खनालले नेपाल प्रहरीले अपराध नियन्त्रणमा उल्लेख्य उपलब्धि हासिल गरिरहेको दावी पनि गर्नुभयो ।
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया