म्याक मिलरको मृत्युमा पूर्व प्रेमिकाकाे श्रद्धाञ्जली, इन्स्टाग्राममा ब्ल्याक एण्ड ह्वाइट तस्बिर

 भदौ २५, २०७५ सोमबार १८:४९:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

२६ वर्षिय अमेरिकी र्‍यापर म्याक मिलरको लागुऔषधको अत्याधिक सेवका कारण भएको मृत्युप्रति उनकी पूर्व प्रेमिका तथा अमेरिकी गायिका एरियाना ग्राण्डेले श्रद्धाञ्जली दिएकी छिन् । एरियानाले इन्स्टाग्राममा म्याकको ब्ल्याक एण्ड ह्वाइट तस्बिर पोष्ट गरेर पूर्वप्रेमीलाई सम्झिएकी छिन् । 

तस्विरमा म्याक घाँसे चौरमा बसेर क्यामेरा तर्फ हेरिरहेका देखिन्छन् । उनको अगाडि एक जोर जुत्ता पनि देखिएको छ । त्यो जुत्ता एरियानाको हुनसक्ने बताइएको छ । एरियानाले कुनैपनि क्याप्सन नलेखिकनै तस्बिर पोष्ट गरेकी छिन् । साथै तस्बिरमा उनले कमेन्टको अप्सन बन्द गरेकी छिन् । 

सन् २०१८ को सुरुवातमा म्याक र उनकी प्रेमिका एरियाना ग्राण्डेको ब्रेकअप भएको थियो । एरियाना र म्याकले करिब २ वर्षसम्म एकअर्कालाई डेट गरेका थिए । म्याक र एरियानाको भेट एक सांगीतिक कन्सर्टमा भएको थियो । 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Ariana Grande (@arianagrande) on

जहाँ एरियाना र म्याक दुवैले सांगीतिक प्रस्तुति दिएका थिए । त्यही बेलादेखि एक अर्कालाई डेट गरिरहेको भएपनि लागुऔषधको अत्याधिक सेवनको लतमा फसेका म्याकलाई एरियानाले कुलतकै कारण छोडिदिएकी थिइन् । 
 
 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया