सलमान खानले किन छाेडे ‘धूम ४’ ?

 भदौ २५, २०७५ सोमबार १९:३१:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

एक जमानामा आपसमा प्रेम सम्बन्धमा रहेका अभिनेता सलमान खान र ऐश्वर्या रायकाे ब्रेकअप भयो । 

सलमानसँग ब्रेकअपपछि ऐश्वर्याले अभिनेता अभिषेक बच्चनका साथ घरजम गरिन् । ऐश्वर्यासँग विवाह गरेपछि सलमान र अभिषेकबीच वर्षौदेखि शीतयुद्ध चलिरहेको छ । सलमान र अभिषेकले अहिलेसम्म एकअर्काको बारेमा कुनै किसिमका टिकाटीप्पणी नगरे पनि यी दुवैले एकअर्काबीचको दुरी भने कायमै राखेका छन । 

फिल्म ‘धूम’ को सिरिजमा अभिनेता अभिषेकले प्रहरीको भूमिका निर्वाह गर्दै आइरहेका छन् ।

हालै ‘धूम’ सिरिजका निर्माताले अभिनेता सलमान खानलाई फिल्म ‘धूम ४’ का लागि प्रस्ताव राखेका थिए । तर सलमानले पूर्व प्रेमिकाका पति अभिषेक पनि त्यही फिल्ममा भएकाले त्यो प्रस्ताव अस्वीकार गरिदिएका छन् । 

सलमान खान अभिनेता अभिषेकसँग स्क्रिन सेयर गर्न चाहँदैनन् । यही कारण सलमानले यस फिल्मबाट हात झिकेको खबरहरु आएका थिए । 

तर सलमान खानले भने यस कुराको कारण अरु नै रहेको बताएका छन् । सलमानले आफ्ना फ्यानहरुले आँखा बन्द गरेर आफूलाई फलो गर्ने भएका कारण आफूले कहिले पनि नकारात्मक भूमिका निर्वाह नगर्ने नियम बनाएको र यही नियम पालना गर्ने क्रममा नकारात्मक भूमिका रहेका फिल्महरुको प्रस्ताव अस्वीकार गर्ने गरेको बताएका छन । 

सलमानले ‘धूम ४’ को नाम नलिएपनि यस फिल्मलाई छोड्नुको कारणबारे भने बताइसकेका छन् । यदी सलमानले यस फिल्ममा काम गर्न राजी भएमा यस फिल्ममा उनले चोरको भूमिका निर्वाह गर्नुपर्नेछ । जुन कुरा उनले बनाएको नियम विपरित हुनेछ । 

सलमान खानबाहेक यस फिल्मका लागि अभिनेता शाहरुख खान, रणवीर कपूर र रणवीर सिंहको नाम पनि चर्चामा रहेको छ । 

 
 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया