मलामी गएका दुई जना युवक भोटेकोशीमा बेपत्ता

 भदौ २५, २०७५ सोमबार १९:३२:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काभ्रे – मलामी गएका २ जनालाई भोटेकोशीले बगाउँदा बेपत्ता भएका छन् ।  

चौरिदेउराली गाउँपालिका –८, त्रिवेणीका १४ वर्षीय प्रदिप पहरी र १८ वर्षीय आशिष पहरीलाई पौडी खेल्ने क्रममा भोटेकोशीले बगाएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रविराज खड्काले जानकारी दिनुभयो । 

भोटेकोशी र सुनकोशीको दोभान रहेको महादेवस्थानबाट दिउँसो ११ बजेदेखि उनीहरु हराएका भए पनि प्रहरीलाई साँझ ५ बजेमात्र खबर आएको थियो । हराएकाहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।  
 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया