प्रचण्ड आराम गर्न ककनीमा

 भदौ २५, २०७५ सोमबार २०:२२:३३ | रासस
unn.prixa.net

नुवाकोट – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार आरामका लागि पर्यटकीयस्थल ककनी आउनुभएको छ । 

नेकपाका जिल्ला सदस्य तथा प्रदेशसभा सदस्य हीरानाथ खतिवडाले पूर्वप्रधानमन्त्री दाहाल परिवारसहित आरामका लागि एक होटेलमा बस्नुभएको जानकारी दिनुभयो । उहाँ मङ्गलबार बिहान राजधानी फर्कने बताइएको छ ।

प्रचण्ड आइतबार मात्रै चारदिने भारत भ्रमण सकेर स्वदेश फर्कनुभएको थियो ।
 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया