रोनाल्डो बिनाको पोर्चुगलले हरायाे इटालीलाई

 भदौ २६, २०७५ मगलवार ६:४८:४ | उज्यालो सहकर्मी
unn.prixa.net

रोनाल्डो बिना नै मैदानमा उत्रिएको पोर्चुगलले युइएफए नेशन्स लिग अन्तर्गत इटालीलाई एक शून्यले हराएको छ ।

सोमबार राति भएको समूह चरणको खेलमा पोर्चुगलको जितमा एकमात्र गोल आन्द्रे सिल्भाले गरे । रियल मड्रिडबाट युभेन्टसमा अनुबन्ध भएका रोनाल्डोले ब्यक्तिगत कारणले राष्ट्रिय टिमबाट दुई खेल नखेल्ने बताएका थिए । 

जसका कारण नियमित कप्तान विना नै मैदानमा उत्रिएको पोर्चुगलले पहिलो हाफ गोलरहित बराबरी खेलेको थियो । तर ४८ औं मिनेटमा सिल्भाले ब्रुमाको क्रसमा गोल गर्दै टिमलाई अग्रता दिलाए । रसिया विश्वकपमा छनोट हुन नसकेको इटलीले त्यसपछि खेलमा फर्कने मौका पाए पनि सफल भए । हारपछि इटली समूह चरणबाट बाहिर भएको छ ।  

अन्तिम अपडेट: भदौ २८, २०७५

तपाईको प्रतिक्रिया