काठमाडौंको ज्यांठामा आगलागी

 भदौ २६, २०७५ मंगलबार ७:१४:७ | उज्यालो सहकर्मी

काठमाडाैं – काठमाडौंको ज्यांठामा आगलागी भएको छ । बिहान चार बजेतिर पुण्यतारा स्थापितको साततले घरमा बिजुली सर्ट भएर आगो लागेको प्रहरी प्रभाग दरबारमार्गका प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर मल्लले जानकारी दिनुभयो । 

भूईंतलामा राखिएको पानी तान्ने मोटरमा बिजुली सर्ट भएको अनुमान छ । आगलागीबाट घरको पहिलो, दोस्रो र तेस्रो तलामा क्षति पुगेको छ । आगो लागेपछि पदयात्राका लागि राखिएको अक्सिजन ग्यासका सिलिण्डरहरु पड्किएका थिए । 

अहिले दमकलले आगो निभाइरहेको छ । क्षतिको विवरण संकलन गर्ने काम पनि भइरहेको प्रहरी नायव उपरीक्षक मल्लले जानकारी दिनुभयो ।  
 

अन्तिम अपडेट: चैत २३, २०८०

तपाईको प्रतिक्रिया