बैतडीमा बस दुर्घटना हुँदा १९ जना घाइते

 भदौ २६, २०७५ मंगलबार ८:१९:५३ | रासस
unn.prixa.net

बैतडी – बस दुर्घटनामा परी सोमबार १९ जना घाइते भएका छन् ।

महेन्द्रनगरबाट दार्चुलातर्फ जाँदै गरेको ना६ख ७४२० नं को बस तथा बैतडीको गन्नाबाट महेन्द्रनगर जाँदै गरेको ना५ख ७५४७ नं को बस महाकाली राजमार्गअन्तर्गत सतबाँझ–गोकुलेश्वर सडकखण्डको बांगाबगरमा ठोक्किँदा दुर्घटना भएको हो । 

दुर्घटनामा गम्भीर घाइते दार्चुलाको मार्मा गाउँपालिका–३ का २७ वर्षीया मनिषा विष्ट, उनका श्रीमान ३३ वर्षीय पदम विष्ट, ३० वर्षीय सुरेन्द्र विष्ट, मार्मा–६ का २४ वर्षीय धनबहादुर नाथ र डडेल्धुरा अमरगढी नगरपालिका–६ का ४० वर्षीय रामबहादुर खड्कालाई उपचारका लागि धनगढी लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिनुभयो । अन्य घाइतेको दार्चुलाको गोकुलेश्वर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया