याैन हिंसाकाे कथामा चलचित्र ‘मदहोस’ बन्ने

 भदौ २६, २०७५ मंगलबार १२:२४:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

चलचित्र ‘मदहोस’ बन्ने पक्का भएको छ । सुरज प्रधानको प्रस्तुति रहने चलचित्र ‘मदहोस’ यौन हिंसाको शिकार भएका युवतीको कथामा निर्माण हुन लागेको बुझिएको छ । नेपालमा धेरै युवाहरु छन् जो शिक्षित भएर पनि बेरोजगार छन् । चलचित्रले यस्तै कथाको उठान गर्ने छ । त्यससँगै सामाजिक संजालको बढ्दो दुरुपयोगलाई समेत कथामा उठाइने बताइएको छ । ‘सुन ए गगन रुक जा पवन’ बोलको गीत रेकर्डिङ गर्दै चलचित्रको काम समेत सुरु भइसकेको छ । 

गीतमा एस के अधिकारीको शब्द र बाबुल गिरी तथा सन्तोष प्रगाढको संगीत रहेको छ । गीतमा गायिका नित्या शिवा,बाबुल गिरी तथा सन्तोष प्रगाढको स्वर सुन्न सकिने छ । मुभि मेकर्सको ब्यानरमा निर्माण हुनलागेको चलचित्रमा शंकर अधिकारीको लेखन तथा निर्देशन रहने छ ।

विक्रम कार्कीको छायांकन, राजन महर्जनको नृत्य रहने चलचित्रमा सृजना बस्नेत, दीपेन्द्र कोइराला, कशिश दाहाल, राजु पौडेल, सलिना खड्का, प्रियंका अधिकारीलगायत काकलाकारको अभिनय रहनेछ । सृजना यसै चलचित्रबाट अभिनेत्रीको रुपमा डेब्यु गर्न लागेकी हुन् ।

–उज्यालाे र गफगाफ डटकमकाे सहकार्य 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया