फर्केर हेर्दा : सेप्टेम्बर ११ काे अाक्रमण (तस्बिरसहित)

 भदौ २६, २०७५ मंगलबार १३:२२:७ | एजेन्सी
unn.prixa.net

अमेरिकाको ट्वीन टावरमा आतंककारी आक्रमण भएको आइतबार १७ वर्ष पूरा भएको छ । सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकाको ट्वीन टावरमा आतंककारी आक्रमण भएको थियो । 

त्यसपछि अमेरिकाको नेतृत्वमा विश्वका विभिन्न देशमा आतंकवाद विरोधी सैन्य कारबाही सुरु भयो । विश्व राजनीतिमा ९/११ को रुपमा चर्चित भएको घटनाको प्रभाव निकै रह्यो । अहिले पनि यो घटनाका धेरै कुरामा विश्वका धेरैको चासो छ ।

के भएको थियो ?

११ जना अपहरणकारीले इन्धन भरिएका चारवटा अमेकिरी व्यवसायिक जहाज अपहरण गरेर न्युर्योकमा रहेको वर्ल्ड ट्रेड सेन्टरका जुम्ल्याहा भवन, वासिङटनमा रहेको पेन्टागन भवन र पेन्सिलभेनियामा रहेको स्यांक्सभिलेमा ठोक्काएका थिए ।

आक्रमणमा कुल दुई हजार ९ सय ९६ जनाको ज्यान गएको थियाे । ६ हजार भन्दा धेरै घाइते भएका थिए  ।

आक्रमणको जिम्मा बिद्रोही संगठन अलकायदाले लिएको थियो । अमेरिका विरुद्ध धर्म युद्धको घोषणा गरेका अल कायदाका नेता ओसामा विन लादेन आक्रमणकारीका सञ्चालक थिए । चारवटा जहाज अपहरणमा संलग्न गराइएको थियो ।  १९ जना आक्रमणकारी मध्ये १५ जना साउदी अरेबियाका थिए भने बाँकी युएई, इजिप्ट र लेबनानका नागरिक थिए ।

सातवटा भवन रहेको कम्प्लेक्स थियो, वर्ल्ड ट्रेड सेन्टर । लोवर म्यानहटनमा रहेको कम्प्लेक्समा व्यवसायिक संस्थाका कार्यालय थिए । सन् १९७० को दशकमा बनाइएको कम्प्लेक्समा १३ सय फिट अग्ला जुम्ल्याहा भवन थिए ।

सन् १९९३ मा पनि वर्ल्ड ट्रेड सेन्टर कम्प्लेसको अण्डरग्राउण्ड पार्किङमा आतंककारी आक्रमण भएको थियो । बम भरिएको ट्रक विस्फोट हुँदा ६ जनाको ज्यान गएको थियो भने एकहजार भन्दा धेरै घाइते भएका थिए । त्यो आक्रमणको जिम्मा इस्लामिक आक्रमणकारीले लिएका थिए ।

यो आक्रमण अघि नै कुनै ठूलो आक्रमण हुँदैछ भन्ने संकेत गर्ने केही घटना भएका थिए । सन् १९९३ मा सेन्टरमै तथा १९९८ मा केन्या र तान्जानियमा रहेको अमेरिकी दूतावासमा बम आक्रमण भएको थियो । सिआइएले ९/११ मा संलग्न केहीलाई पहिलेदेखि नै निगरानीमा राखेको थियो । तर आवश्यक कदम नचाल्दा घटना भएको थियाे ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया