जापानले दियो घरघरमै पुगेर स्वास्थ्य सेवा दिन मिल्ने मोबाइल मेडिकल कार

 भदौ २६, २०७५ मंगलबार १३:५८:३१ | उज्यालो सहकर्मी

काठमाडौं – नेपालको दूर्गम क्षेत्रका नागरिकहरुलाई घरदैलोमै पुगेर गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले जापान सरकारको तर्फबाट सिरहामा रहेको फूलकुमारी महतो मेमोरियल अस्पताललाई मोबाइल मेडिकल कार प्रदान गरिएको छ ।

नेपालका लागि जापानका राजदूत मासामीशी साइगोले मंगलबार एक कार्यक्रमकाबीच मोबाइल क्लिनिक फूलकुमारी महतो मेमोरियल अस्पतालका मेडिकल डाइरेक्टर डा. शिवशंकर शाहलाई हस्तान्तरण गर्नुभयो ।

टोयोटा हायस गाडीलाई जापानी कम्पनीटोयो फ्याक्ट्रीले मोबाइल क्लिनिकको स्वरुप प्रदान गरी उपलब्ध गराएको हो । त्यो मोबाइल मेडिकल क्लिनिकबाट सिरहा, सप्तरी, उदयपुर, सिन्धुली र धनुषाका नागरिकले लाभ पाउने छन् ।

जापानमा अध्ययनरत् नेपालीलगायतका विश्वका विभिन्न देशका विद्यार्थीहरुको संस्था आइज्याक नेपालको पहलमा जापान सरकारको ग्रास रुट परियोजना अन्तरगत त्यो कार नेपाललाई प्राप्त भएको हो ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया