अाेमनकाे सलाम एअरले नेपालमा पनि उडान थाल्याे

 भदौ २६, २०७५ मंगलबार १५:३:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - ओमनको सलाम एयरले मंगलबारदेखि काठमाडौंमा उडान शुरु गरेको छ । 

नेपालको व्यावसायिक समूह आइएमइले प्रवद्र्धन गरेको आइएमइ इन्टरनेशनल ट्राभल्सको संयोजनमा ओमनको सलाम एयरले काठमाडौँ उडान शुरु गरेको हो । कूल १७४ सिट क्षमता रहेको विमान मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । 

सस्तो भाडामा नै सेवा दिने लक्ष्यका साथ आफूहरूले ओमनको ‘बजेट एयरलाइन्स’ भित्र्याएको आइएमइ समूहका अध्यक्ष चन्द्र ढकालले जानकारी दिनुभयो । यात्रुले रु १६ हजार भाडा तिरेर ओमन उड्न सक्ने व्यवस्था गरिएको छ । सो एयरलाइन्सले मंगलबारदेखि नियमितरूपमा हरेक दिन बिहान ८ बजे अवतरण र ८ः४० मा उडान भर्ने गरी तालिका मिलाइएको छ । 

विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा आइएमइ समूहका अध्यक्ष ढकालले सस्तो मूल्यमै जहाज चढेर ओमन जान आउन पाइने गरी व्यवस्था मिलाइएको बताउनुभयो । ‘वैदेशिक रोजगारीका लागि ओमन जाने नेपालीको सङ्ख्या पछिल्लो दिनमा बढ्दै गएको छ । सलाम एयरको उडान तालिकापछि सहज र सरल मूल्यमा हवाइयात्रा गर्न सहज व्यवस्था मिलाइएको छ’,अध्यक्ष ढकालले भन्नुभयो। 

सलाम एयरले यात्रुको सुविधालाई मध्यनजर गर्दै तीन प्रकारका हवाइभाडा निर्धारण गरिएको छ । 

नेपालको पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुग्ने र सरकारको २०२० सम्मको पर्टयक पर्यटक भित्र्याउने लक्ष्य राखेकामा नयाँ विमान कम्पनीले सहयोग पुर्‍याउने विश्वास लिइएको छ । सो विमान कम्पनीका प्रमुख कार्यकारी अधिकृत एवं चालक मोहम्मदले नयाँ गन्तव्यका रूपमा नेपालमा उडान भर्न पाउँदा आफूलाई खुशी लागेको बताउनुभयो । 

कार्यक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले विमानस्थलको व्यस्त कार्यतालिकाबाट मिलाएर बिहानको समयमा उडान तथा अवतरणको कार्यतालिका मिलाइएको जानकारी दिनुभयो । 


 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया