प्रमिला कुमारी भन्छिन् : मधेसी भएकैले म राष्ट्रियसभाबाट पीडित भएँ

 भदौ २६, २०७५ मंगलबार १५:४:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सत्तारुढ संघीय समाजवादी फोरम, नेपालकी सांसद प्रमिला कुमारीले आफू राष्ट्रियसभाबाटै पीडित भएको गुनासो गर्नु भएको छ । 

राष्ट्रियसभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद कुमारीले राष्ट्रियसभाका अन्य सांसदहरुले मन्त्रिपरिषदबाट निर्णय गराएर विभिन्न सुविधा लिएपछि आफूले नपाएको गुनासो गर्नु भएको हो । 

संघीय समाजवादी फोरम, नेपालको राष्ट्रियसभामा आफू दलको नेता भए पनि राष्ट्रियसभाले आफूलाई पाउने सुविधाबाट बञ्चित गराएको सांसद कुमारीको दावी छ । सांसद कुमारीले मधेसी भएकै कारण आफूलाई पाउने सुविधाबाट बञ्चित गराएको हुन सक्ने आशंका पनि व्यक्त गर्नुभयो । 

उहाँले सरकारले मधेसलाई हेप्ने काम गरिरहेको भन्दै आक्रोश पनि व्यक्त गर्नुभयो । सांसद कुमारीले संविधान संशोधन गर्ने प्रतिवद्धता पूरा नगरेको भन्दै प्रधानमन्त्री केपी ओलीको पनि आलोचना गर्नु भयो ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया