जटही बोर्डरमा भन्सारका कर्मचारीको दादागिरी, निःशुल्क सवारी पास दिंदा खुलेआम रकम असुली

 भदौ २६, २०७५ मंगलबार १६:३६:४५ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा - धनुषाको जटही बोर्डरका कर्मचारीहरुले निःशुल्क सवारी पास वापते खुलेआम अवैध असुली गर्ने गरेको रहस्य खुलेको छ । 

भन्सारले निःशुल्क रुपमा दिने सवारीसधानको अस्थायी पैठारी अनुमति पुर्जीमा जटही छोटी कार्यालय धनुषाका कर्मचारीहरुले प्रति सवारी ५० रुपैयाँका दरले असुल्ने गरेको रहस्य खुलेको हो ।

मंगलबार सवारी पास लिन गएका धनुषाको नगराइन नगरपालिका २ बस्ने रोहितकुमार चौधरीसँग भन्सारका कर्मचारी ओपेन्द्र मण्डलले निःशुल्क सवारी पास वापत ५० रुपैयाँ लिएका थिए । 

निःशुल्क सवारी पास वापत किन ५० रुपैयाँ लिनुभएको भन्ने प्रश्नमा मण्डलले पहिलादेखि नै यस्तो नियम रहेको जवाफ दिए ।

सरकारबाट छुटपुर्जी नपाएकाले छुटपुर्जी छपाई वापत ५० रुपैयाँ लिने गरेको कर्मचारी मण्डलले स्वीकार गरेका छन् । 

त्यस नाकाबाट दिनहुँ जाने आउने सयौं सवारीसाधनबाट भन्सारका कर्मचारीहरुले जबरजस्ती तरिकाले अवैध असुली गर्ने गरेको भए पनि सम्बन्धित निकायले कुनै चासो नदिएको स्थानीयहरुको गुनासो छ ।

यता भन्सार कार्यालय जनकपुरका प्रमुख हेमचन्द्र शर्माले अवैध असुलीको कुनै नियम नरहेको बताउनुभयो । कर्मचारी मण्डलले निःशुल्क दिने पास वापत नियम भन्दै असुली गर्ने गरेको पुष्टि भए तुरन्त कार्वाही गर्ने भन्सार प्रमुख शर्माको भनाई छ ।
    
 
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया