मोरङमा भएका छुट्टाछ्ट्टै दुर्घटनामा २ जनाको मृत्यु

 भदौ २६, २०७५ मंगलबार १९:२०:२० | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – विराटनगरमा मंगलबार भएका  छुट्टाछ्ट्टै दुर्घटनामा २ जनाको मृत्यु सवारी दुर्घटनामा दुर्इ जनाको ज्यान गएको छ । 

विराटनगरमा  मंगलबार एउटा भारतीय गाडीले एल ५ प ३२०० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको ज्यान गएको र दुई जना घाईते भएका हुन् ।

मंगलबार बिहान करिब ११ बजे कोशी राजमार्ग अन्तरगत महेन्द्रचोकमा एचआर ५५ ३४३९ ट्रकले ठक्कर दिएको थियो । ठक्करबाट  मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ का ३० वर्षीय अंशु अग्रवालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

त्यस्तै ३८ वर्षीय मनोज अग्रवाल र उनकी ७ बर्षिय छोरी अनिसा अग्रवाल गम्भीर घाईते भएकी छिन् ।

भारतीय ट्रक चालक भारतको आलिगढ बस्ने बर्ष ३० को कमल सिंहलाई वडा प्रहरी कार्यालय (क) विराटनगरको नियन्त्रणमा राखिएको छ । 

त्यस्तै मोरङको कानेपोखरीमा मंगलवार बिहान भएको अर्को सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । 

कानेपोखरी गाउँपालिका–७मा रहेको पूर्व–पश्चिम राजमार्गमा बा १९ च ६१२२ नं को कार अनियन्त्रित भई राजमार्ग किनारमा पल्टिँदा कारमा सवार धरान उपमहानगरपालिका– १ बस्ने ५५ वर्षीया ललिता अग्रवालको पथरी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको छ । 

कारमा सवार धरान–१ बस्ने ८१ वर्षीय दिखनाथ अग्रवाल, चितवन भरतपुर महानगरपालिका बस्ने ३० वर्षीया गीता अग्रवाल, कार चालक ३२ वर्षीय अनिश अग्रवाल र नौ वर्षीय बालक बरुण अग्रवाल घाइते भएका छन् ।

घाइते सबैको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया