उत्कृष्ट पत्रकारिता पुरस्कारबाट उज्यालो सहकर्मी घिमिरे सम्मानित

 भदौ २६, २०७५ मंगलबार १९:४०:२० | उज्यालो सहकर्मी
unn.prixa.net

गुल्मी – नेपाल प्रेस युनियन गुल्मीले उज्यालो सहकर्मी जनार्दन घिमिरेलाई उत्कृष्ट क्रियाशील पत्रकारिता पुरस्कार २०७५ बाट पुरस्कृत गरेको छ । 

युनियनको मंगलबार सदरमुकाम तम्घासमा सम्पन्न सातौँ जिल्ला अधिवेशनको अवसरमा घिमिरेलाई उक्त पुरस्कारबाट सम्मान गरिएको हो । 

नेपाल प्रेस युनियनद्वारा स्थापना गरिएको उक्त पुरस्कार प्रत्येक तीन–तीन वर्षमा जिल्लामा क्रियाशील पत्रकारहरुमध्येबाट छनोट गरी प्रदान गर्ने गरिन्छ । नगद र सम्मानपत्रसहित नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीद्वारा उक्त पुरस्कार प्रदान गरिएको हो ।

अधिवेशनको अवसरमा घिमिरेसँगै अन्य तीन जना पत्रकारहरु पनि सम्मानित भएका छन् । यसरी सम्मानित हुनेहरुमा पदमपाणी स्मृति पत्रकारिता पुरस्कार रेडियो रेसुंगाका मनु सुनार र जनचेतना पत्रकारिता पुरस्कार पत्रकार हेम त्यागीलाई प्रदान गरिएको छ । 

कार्यक्रममा साहित्यिक पत्रकारिता क्षेत्रमा लामो समयसम्म योगदान पुर्याएको भन्दै हाम्रो पुरुषार्थका सम्पादक शशि पन्थीलाई समेत सम्मान गरिएको थियो प्रेस युनियनका पूर्व अध्यक्षहरु रेशम कुँवर, महेन्द्र भण्डारी, शालिक पन्थी र जितेन्द्र थापालाई समेत  सम्मान गरिएको थियो । 
 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया