नेयमार फर्किए टिममा, ब्राजिलद्वारा क्रोएसिया दुई शून्यले पराजित

 जेठ २१, २०७५ सोमबार ६:१७:० | उज्यालो सहकर्मी
unn.prixa.net

जेठ २१ – विश्वकपअघिको मैत्रीपूर्ण खेलमा ब्राजिलले क्रोएसियालाई २–० गोलले हराएको छ । इंग्ल्याण्डको लिभरपुलमा रहेको एनफिल्ड रंगशालामा भएको खेलमा ब्राजिललाई जिताउन नेयमार र फिरिमिन्होले गोल गरे । 

पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि चोटमुक्त हुँदै नेयमार मैदान छिरेपछि ब्राजिलले ६९औं मिनेटमा गोल गर्यो । फिलिप कोउटिन्होको पासमा गोल गर्दै नेयमारले आफू पुरानै लयमा रहेको संकेत दिएका छन् ।

खेलको इन्जुरी समयमा फिरिमिन्होले गोल थपे । 

विश्वकपमा ब्राजिल ‘समूह ई’ मा छ । ‘समूह ई’मा ब्राजिलसँगै कोष्टारिका, सर्बिया र स्वीट्जरल्याण्ड छन् । यता क्रोएशिया रहेको समूह डीमा अर्जेन्टिना, नाइजेरिया र आइसल्याण्ड छन् ।
 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया