१८ घण्टापछि नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आयो

 भदौ २६, २०७५ मंगलबार २०:१०:३ | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन – पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड झण्डै १८ घण्टापछि सञ्चालनमा आएको छ । 

मंगलबार बिहान साढे एब बजेदेखि अवरुद्ध बनेको सडक आज बेलुका ७ बजेदेखि  सञ्चालनमा आएको हो ।  चितवनको चारकिलो भन्ने ठाउँमा खसेको पहिरो हटाएपछि यातायात सञ्चालनमा आएको मुग्लिन प्रहरीले जनाएको छ । 

रातिदेखि नै सडक अवरुद्ध भएका गाडी चापमा हुँदा लेनअनुसार अघि बढ्न गाडी चालकलाई  प्रहरीले आग्रह गरेको छ । पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध हुँदा यात्रुको बिचल्ली भएको थियो । ४ वटा डोजरले पहिरो पन्छाएपछि अहिले यातायात सञ्चालनमा आएको हो । 
 

अन्तिम अपडेट: चैत २५, २०८०

1 Comments

  • Ashis Prakriti Dhital

    Sept. 11, 2018, 9 p.m.

    मुग्लिनको बाटोमा गाह्रो छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया