साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा आज नेपालले माल्दिभ्सँग खेल्ने

 भदौ २७, २०७५ बुधबार ७:३५:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

बंगलादेशमा चलिरहेको साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा आज नेपालले माल्दिभ्सँग खेल्दैछ ।

खेल दिउँसो पौने चार बजे ढाकाको बंगबन्धु रंगशालामा सुरु हुनेछ । नेपाल बंगलादेशलाई हराएर सेमिफाइनलको यात्रा तय गरेको हो । तर माल्दिभ्स भने श्रीलंकासँगको टसमा भाग्यमानी बन्दै १ अंक सहित सेमिफाइलनमा पुगेको टिम हो ।

नेपालका प्रशिक्षक बालगोपाल महर्जनले मंगलबार ढाकामै भएको पत्रकार सम्मेलनमा माल्दिभ्स नेपाल भन्दा केहि बलियो देखिए पनि नेपालले हराउने बताउनुभएको छ ।  तर नेपालले अहिलेसम्म साफमा माल्दिभ्सलाई हराउन सकेको छैन ।

यी दुइ देश ६ पटक साफमा खेलेकोमा ४ खेलमा भाल्दिभ्स विजयी भएको छ भने २ खेल बराबरीमा सकिएका छन् ।
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया