यू–१९ एक दिवसीय क्रिकेट : नेपालले अाज एनसीएसँग खेल्ने

 भदौ २७, २०७५ बुधबार ७:५५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : विकेटनेपाल डटकम

एक दिवसीय सिरिज खेल्न भारत पुगेको नेपाली यू—१९ क्रिकेट टोलीले पहिलो खेल बुधबार एनसीए यू–१९ सँग खेल्दैछ । भारतीय क्रिकेट बोर्ड बीसीआईको निमन्त्रणामा नेपाली टोली भारतको लखनउ प्रस्थान गरेको हो ।

आशिफ शेखको कप्तानीमा रहेको नेपाली टोलीले दोस्रो खेल शुक्रबार भारतको यू–१९ टोलीसँग खेल्ने छ भने ३१ गते अफगानिस्तान यू–१९ टोलीसँग प्रतिस्पर्धा गर्नेछ । ४ टिम सहभागि हुने खेलमा सबैले एकअर्का विरुद्ध खेल्नेछन् ।

विनोद दासको प्रशिक्षणमा रहेको टोलीमा मोहमद आसिफ शेख (कप्तान), ट्रिटराज दास, रवि शाह, लोकेश बम, रित गौतम, रसिद खान, भिम सार्की, कमल सिंह ऐरी, सन्दीप जोरा छन् । त्यस्तै पवन सराफ, किशोर महतो, सागर ढकाल, अरुण ऐरी र मोहमद सम्सद आलम पनि टिममा छन् ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

1 Comments

  • Aly Chiman

    Sept. 12, 2018, 12:05 p.m.

    Hello there, My name is Aly and I would like to know if you would have any interest to have your website here at unn.com.np promoted as a resource on our blog alychidesigns.com ? We are in the midst of updating our broken link resources to include current and up to date resources for our readers. Our resource links are manually approved allowing us to mark a link as a do-follow link as well . If you may be interested please in being included as a resource on our blog, please let me know. Thanks, Aly

  •  0 Reply

तपाईको प्रतिक्रिया