अग्रता जोगाउन नसक्दा स्पेन स्वीजरल्याण्डसँग बराबरीमा रोकियो

 जेठ २१, २०७५ सोमबार ६:३६:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

जेठ २१ – विश्वकप अघिको मैत्रीपूर्ण खेलमा स्पेनले स्वीट्जरल्याण्डसँग एक एक गोलको बराबरी खेलेको छ । घरेलु मैदानमा भएको खेलमा स्पेनले ६२ मिनेटसम्म लिएको अग्रता जोगाउन सकेन । स्पेनका  अल्भारो अद्रियोसोलाले २९ औं मिनेटमा गोल गरेका थिए । तर, ६२औं मिनेटमा स्पेनका गोलकिपर डाविड डे गेयाको गल्तिको फाइदा उठाउँदै स्विटजरल्यान्डका रिकार्डो रोड्रिगेजले गोल गरे ।

गएको मार्चमा अर्जेण्टिना माथि ६ एकको जीत हात पारेको स्पेनले खेलमा आफ्नो दवाव कायम राखेपनि पाएका अवसरलाइ गोलमा परिणत गर्न भने सकेन । स्पेनले ट्युनिसियासँग आगामी शनिबार अर्को मैत्रीपुर्ण खेल खेल्नेछ ।

स्पेन, पोर्चुगल, मोरक्को र इरानसँगै समुह बी मा छ ।  

मैत्रीपूर्ण अरु खेलमा मेक्सिकोले स्कल्यान्डलाए एक शून्यले पेरुले साउदी अरेयिबालाई र कोस्टारिकाले नर्दन आयरल्याण्डलाई समान तीन शून्यले नै हराएका छन् । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया