भारतकाे अासाम केन्द्रबिन्दु भएर ५ दशमलव ६ रेक्टरकाे भूकम्प, पूर्वी नेपालमा धक्का

 भदौ २७, २०७५ बुधबार ११:१:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – भारतकाे अासाम केन्द्रबिन्दु भएर ५ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको छ ।
 
नेपाली समय अनुसार बिहान १० बजेर ३७ मिनेटमा भूकम्प गएकाे हाे । भारतका उत्तरपूर्वी तथा पश्चिम बंगालका विभिन्न ठाउँमा ठूलो धक्का महसुस भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यस्तै, भारतमा गएकाे याे भूकम्पकाे धक्का पूर्वी नेपालका सुनसरी, मोरङ, झापा लगायत ठाउँमा पनि महसुस गरिएको थियो। बंगलादेशमा पनि भूकम्पको धक्का महसुस भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।  

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया