कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
बंगलादेशसँगको ट्वेण्टी ट्वेण्टी क्रिकेट शृंखलामा अफगानिस्तानले अग्रता लिएको छ । पहिलो खेल ४५ रनले जितेसँगै अफगानिस्तानले ३ खेलको शृंखलामा एक शून्यको अग्रता लिएको हो ।
अाइतबार रातिको खेलमा १ सय ६८ रनको लक्ष्य पछ्याएको बंगलादेशलाई १९ औ ओभरमा १ सय २२ रनमा अलआउट गर्दै अफगानिस्तान विजयी भएको हो । अफगानस्तानका रासिद खान र सपुर जर्दानले तीन – तीन तथा मोहम्मद नाबीले २ विकेट लिए ।
भारतको देहरादुनमा भएको खेलमा रासिदले ३ ओभरमा मात्र ३ विकेट लिन मात्र १३ रन दिए ।
पहिले ब्याटिङ गरेको अफगानस्तानका लागि मोहम्मद सेहजादले ४० र समिउल्लाह सेनवारीले ३६ रन बनाए । बंगलादेशका मोमदुल्लाह र अदुल हसनले २–२ विकेट लिए ।