पशुपतिमा तीजको रमझम (फोटोफिचर)

 भदौ २७, २०७५ बुधबार १२:४०:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – आज हरितालिका तीज नाचगान र पूजा उपासना गरेर मनाईंदैछ । पशुपतिनाथसहित देशभरका शिव मन्दिरमा बिहानैदेखि दर्शनार्थी महिलाको घुईंचो लागेको छ । आज व्रत बसी शिवपार्वतीको पूजा र उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । 

गएको राति व्रतालुले मीठा एवं आडिला–दरिला परिकार दरका रुपमा खाई आजको व्रतका लागि पूर्व तयारी गरेका छन् । विशेषगरी माइती तथा दाजुभाइले छोरी, चेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्छन् ।

महिलाले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमासमेत तीजलाई उपयोग गर्ने गरेका छन् । तिजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाले सार्वजनिक गर्छन् ।

पछिल्लो समय तीजका नाममा उच्छृङ्खलता र तडकभडक आएको छ गुनासो छ । एक महीनाअघि देखि दर खाने, गरगहना एवं फेशन प्रदर्शन गर्नेजस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रुपमा लैजान खोजेको संस्कृतिविद् एवं पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव डाक्टर गोविन्द टण्डन बताउनुहुन्छ । यस्ता गतिविधिले नहुनेलाई खिन्न बनाउने भएकाले पनि विकृति रोकिनु पर्नेमा संस्कृतिविद् एवं धर्मशास्त्रीले जोड दिएका छन् ।

तस्बिर : रासस 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया