साफ च्याम्पियनसिप : यस्तो छ मालदिभ्सविरुद्ध खेल्ने नेपाली टोली

 भदौ २७, २०७५ बुधबार १४:४८:२ | उज्यालो सहकर्मी
unn.prixa.net

साफ च्याम्पियनसिप अन्तर्गत फाइनल प्रवेशका लागि नेपालले आज माल्दिभ्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समय अनुसार पौने ४ बजेदेखि सुरु हुँदैछ ।नेपाली टोलीको सुरुवाति ११ सार्वजनिक भएको छ ।

प्रशिक्षक बालगोपाल महर्जनले बंगलादेशविरूद्ध खेलेको टिमलाई नै  आज पनि मैदान उतारेका छन् ।

माल्दिभ्सविरुद्ध खेल्ने नेपाली टोली

किरण चेम्जोङ (गोलरक्षक), अनन्त तामाङ, आदित्य चौधरी, सुमन अर्याल, दिनेश राजवंशी, सुजल श्रेष्ठ, रोहित चन्द, निराजन खड्का, सुनील बल, बिमल घर्तीमगर र भरत खवास(कप्तान) 

साफ च्याम्पियनसिप : नेपाल भर्सेस मालदिभ्स, यस्तो छ इतिहास

 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया