जाँगर भए विदेश जानु पर्दैन, पान खेतीबाटै लाखाैं कमाउँदै सप्तरीका कुशेश्वर

 भदौ २७, २०७५ बुधबार १५:२१:५५ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – सप्तरीका कुशेश्वर चौरसिया तीन पुस्तादेखि आफ्नै खेतमा पान लगाएर त्यसको आम्दानीले ८ जनाको परिवार चलाउँदै आउनुभएको छ ।

मेहनतको फल मिठो हुन्छ भन्ने उखानलाई सप्तरीको बदगामा गाविस–४ का चौरसियाले पान खेतीका माध्यमबाट पुष्टि गर्न सफल हुनुभएको छ । 

आफ्नो हजुरबुवाको बुवाले नै खेती अपनाएको बताउँदै केशेश्वरले भन्नुभयो, ‘आफूले खेतमा पान लगाई त्यसै पेशाबाट एक छोरीको बिहे गर्नुका साथै २ छोराको पढाई लेखाई गर्दै आएको बताउनुहुन्छ । 

पान बेचेर नै आफ्नो घर परिवार चल्दै आएको बताउँदै चौरसियाले सप्तरीकै कञ्चनपुरमा आफनो पसल रहेकोले पसलमा बेच्नुका साथै जिल्लाको अन्य स्थानमा समेत पान बिक्री वितरण गर्दै आएको बताउनुभयो । उहाँले पान बिक्रीबाट मासिक १५–२० हजारसम्म आम्दानी गर्दै आउनुभएको छ ।

चौरसियाले पानको उचित बजार व्यवस्थापनको कुनै समस्या नरहेकोले बताउँदै आफ्नो हजुरबुवाले अपनाउँदै आएको पेशालाई जीवित राखेको बताउनुभयो । हाल चौरसियाकहाँ दिनहुँ नेपाल र भारतको विभिन्न स्थानबाट पान लिन ग्राहकहरु आउने गरेका छन् । यस वर्ष उहाँले २ कठ्ठामा पान खेती लगाउनुभएको छ ।

आफ्नै लगानीमा वर्षेनी पानको खेती गर्दै आएका चौरसियाले राज्य तथा सम्बन्धित निकायले हालसम्म आफूलाई कुनै प्रकारको सहयोग नगरेको दुखेसो पोख्नुभयो । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया