शेयर बजार तीन अङ्कले घट्याे
बैशाख १३, २०८१ बिहिबार
मोरङ – कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय विराटनगरको गोदाममा ट्रकका सहचालकको ज्यान गएको छ ।
बाहिरबाट ल्याएको सामान अनलोड गर्ने क्रममा ना ५ ख ५८८८ नम्बरको ट्रकका सहचालकलाई त्यही ट्रकले ठक्कर दिँदा उनको ज्यान गएको हो ।
बाहिरबाट ल्याइएको खाद्यान्न गोदाममा अनलोड गर्नभन्दा पहिला गाडीलाई मिलाउने क्रममा नाम थर तथा वतन खुल्न नसकेका युवकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
कृषि सामाग्री संस्थानको खाद्य गोदाममा भएको घटनाको समयमा कार्यालय प्रमुख समेत कार्यालयमा नभएको पाइएको छ । प्रहरीले ट्रकका चालक काभ्रेको ज्याम्दी गाउँपालिका ३६ वर्षीय बिनोद शाहीलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।