पूर्वकी दोहोरी गायिकालाई तिजको चटारो, मागी बिहे गरेकी गंगा भागी बिहेमा रमाउँछिन्

 भदौ २७, २०७५ बुधबार १७:४१:४१ | सुमन तिमल्सिना

मोरङ – २०३६ सालमा जन्मिएकी गायिका गंगा गौतम आचार्य अहिले इटहरीमा बस्दै आएकी छन्  । 

१४ वर्षदेखि गीत गाउन थालेकी गंगाले पूर्वमा एउटा थति बसाइन्, जुन पूर्वेलीले लोक दोहोरी गाउन सक्छन् भन्ने । उनले गीत गाउने र अरुले गीत गाउने तरिका फरक छ । उनले गाएको गीतको प्रशंसकहरु पनि एक नम्बर प्रदेशमा मात्र छैनन्, उनले देशका धेरै स्थानमा  पुगेर गीत गाइसकेकी छिन्  ।

पूर्वकी छोरी पश्चिमी गीतको प्रभावले अहिले उनी पूर्वेली गीतमा भन्दा पनि गण्डकी क्षेत्रका गीतमा रुचि राख्छिन्  । उनी भन्छिन्, ‘म अलिक बढी पश्चिमेली गीत गाइरहेकी छु, लाइभ कार्यक्रमहरुमा दोहोरी गाउन जाँदा निक्कै नै रमाइलो हुने भएकोले लाइभमै गाउँछु ।’ गंगाले सुरुमा गीत गाउँदा झम्केफुली, बल्ल पर्यो निरमाया माकुरी जालैमा, खोटाङ जिल्ला दिक्तेल बजार चलेका भाकाहरु रोजाइमा पर्थे ।

गंगाले ३० हजारसम्म एउटा कार्यक्रमको पारिश्रमिक लिँदै आएकी छिन्  । तर दर्शको मागका आधारमा जाँदा भने कतिपय स्थानमा थोरै पारिश्रमिकमा पनि गीत गाउने गरेको उनले सुनाइन् ।  उनको अनुभवमा असार–साउनमा दोहोरीको सिजन नभए पनि अहिले तिज भएकोले निक्कै नै माग आउने उनको अनुभव छ  । लामो समयदेखि दोहोरी गाउँदै आएकी गायिका गंगाले ४ वर्ष पहिलादेखि मात्र एल्बम निकाल्न थालेकी हुन्  ।

उनले ३५ वटा गीतहरु आफ्नै एकल रुपमा गाइसकेकी छिन् ।  उनको म्युजिक भिडियोमा आएका गीतहरु २० को हाराहारीमा रहेको भए पनि अन्य गीत अडियोमा मात्र रहेको गंगाले जानकारी दिइन् ।

उनले अहिलेसम्म हाम्रा बाउका ज्वाईँले, हरितालिका तिज, हातैको मेहन्दी, माइतीको देश, बरी लै लै, नौजाले माया,  रक्षा, घिनघिन मादल, हिले पाख्रिवास, सिमलीको भुवा र पार्वती उनले गाएका चर्चित गीतहरु हुन्  ।

गंगाका भित्री कुरा

सामाजिक काममा लागेकी गंगाले सानैमा बच्चा जन्माइन् । श्रीमानलाई अति नै माया गर्ने उनले भनिन्, ‘तिजको बेलामा श्रीमानसँगको माया साट्ने हो  ।’ मागी विवाह गरेकी गंगा भागी विवाहमा रमाउँछिन्  । फेसबुकमा च्याट गर्न नरुचाउने उनले फेसबुक पनि निक्कै कम चलाउने गरेको सुनाइन ।

 

तिजको रौनकतासँगै समाज रुपान्तरणको कुरा जोडिने उनले बताइन् । एउटा गीत सुन्दा ५ मिनेटले धेरैलाई इन्करेज गर्नसक्ने उनको अनुभव छ ।  गीतमा पनि अधिकार सुनिश्चितताका कुराहरु आउने गरेको उनको भनाई छ ।

गीत सुनाउन दुबई पुगिन्

दुबईमा भएको तिज विशेष कार्यक्रममा सहभागी भएर आएकी गंगालाई दोहोरी गायिका भएर पूर्वमा निक्कै पीडा महसुस गरेको सुनाइन । उनले भन्छिन्,  ‘पूर्वमा दोहोरीको पावर नै छैन । दोहोरी गाउने व्यक्ति पूर्वमा रहेर गलत गरेँ, पश्चिमतिर यति मेहनत गरेको थिएँ भने निक्कै हिट हुन्थेँ ।’ पश्चिममा भन्दा पूर्वमा दोहोरी कलाकारले निक्कै मेहनत गर्नु परेको उनको भनाई छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया