अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
मानिसहरुका चाहना पनि अचम्म अचम्मका हुन्छन् । केही न केही गरेर मानिसलाई चर्चामा आउन मन लाग्छ ।
त्यसै क्रममा बुधबार साउदी अरेबियाकाे ताबुकमा एक जना व्यक्तिले आफ्नो शरीरमा लाखौँको संख्यामा मौरीलाई बसाएका छन् । उनले यति डरलाग्दो काम केबल मौरीसँग तस्बिर खिचाउनका लागि मात्रै गरेको बताएका छन् ।
साउदी अरेबियाका जाहिर फनी नाम गरेका युवकको शरीर मौरीको घारजस्तै देख्न्थ्यिो । सबैभन्दा पहिले उनले आफ्नो शरीरमा रानी मौरी राखे । त्यसपछि अरु मौरीले उनको शरीरमा घार बनाएझैँ गरी नै चारैतर्फबाट घेरे । फनीसँगै उनका साथी पनि थिए । मौरीबाट बच्न उनीहरुले विशेष प्रकारको कपडा लगाएका थिए ।
झण्डै एक घण्टा फनी मौरीले घेरिएर बसेका थिए भने साथीहरु तस्बिर लिँदै बसिरहेका थिए ।