मुक्तिनाथ पनि अब केबलकारमै सरर...

 भदौ २७, २०७५ बुधबार १९:५१:३६ | उज्यालो सहकर्मी

काठमाडाैं - लगानी बोर्ड र मुक्तिनाथ दर्शन प्रा लि बीच वीरेठाँटीदेखि मुक्तिनाथसम्म केबलकार सञ्चालन गर्नेबारे समझदारीपत्रमा बुधबार हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा नेपाल सरकारका तर्फबाट लगानी बोर्डका कार्यकारी अध्यक्ष महाप्रसाद अधिकारी तथा मुक्तिनाथ दर्शन प्रा लिका तर्फबाट अध्यक्ष अरुण कुमार सुवेदीले हस्ताक्षर गर्नुभएको थियो ।

वीरेठाँटी देखि मुक्तिनाथसम्म बनाइने केबलकार करिब ८३.६५ किलोमिटर लामो हुने र यसका लागि करिब ३५ करोड अमेरिकी डलर अर्थात ४० अर्ब नेपाली रुपैयाँभन्दामाथि खर्च हुने जनाइएको छ । गएको वैशाखमा लगानी बोर्डको बैठकले प्रस्ताव स्वीकृत गरी कम्पनीलाई विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गराउन लगानी बोर्डलाई निर्देशन दिएको थियो ।

कम्पनीले आजैका मितिका देखि १८ महिनाभित्रमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लगानी बोर्डसमक्ष पेश गर्नुपर्ने छ ।

अहिलेसम्म नेपालमा भएका भन्दा धेरै लामो दूरीको हुने यो परियोजनामा ६ वटा स्टेशन रहनेछन् । ती स्टेशनहरुलाई वीरेठाँटीदेखि घोरेपानी, घोरेपानीदेखि तातोपानी्, तातोपानीदेखि लेते मार्फा ट्रान्जिटदेखि जोमसोम, जोमसोमदेखि कागवेनी र कागवेनीदेखि मुक्तिनाथसम्म गरी छुट्याइएको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया