शेयर बजार खासै घटबढ भएन, दुई अर्ब ५३ करोड रुपैयाँको कारोबार
बैशाख १२, २०८१ बुधबार
लमजुङ – लमजुङको दोर्दी जलविद्युत् आयोजनामा काम गर्ने दुई जनालाई मर्स्याङ्दी नदीमा आएको बाढीले बगाएको छ ।
बेशीशहर नगरपालिका–१०, चितीमा निर्माण भैरहेको दोर्दी जलविद्युत् आयोजनामा काम गर्ने ठेगाना नखुलेका बलिराम चौधरी र लक्ष्मण थारूलाई मस्र्याङ्दीले बगाएको प्रहरी नायव उपरीक्षक यादव ढकालले जानकारी दिनुभयो । अविरल वर्षा र नदीको ठूलो भेलले खोजी कार्य प्रभावित भएको प्रहरीले जनाएको छ ।
यस्तै मर्स्याङ्दीगाउँपालिकामा पर्ने तोब्रो खोलामा आएको बाढीले एउटा ट्रयाक्टरसहित दुई घर बगाएको छ । ताघ्रिङको रामबजारका जितबहादुर गुरुङ र दमै गुरुङको घर बगाएको हो । नजिकै पार्किङ गरिराखेका एउटा ट्रयाक्टर र तीनवटा मोटरसाइकल पनि बगाएको प्रत्यक्षदर्शी बलबहादुर गुरुङले बताउनुभयो ।
बाढीले माथिल्लो मर्स्याङ्दी जलविद्युत् आयोजनाको कार्यालय र अन्य घर पनि जोखिममा रहेका स्थानीयबासिन्दाले बताएका छन् ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।