टेस्ट क्रिकेटको शीर्ष स्थानमा कोहली

 भदौ २८, २०७५ बिहिबार ६:३३:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसीको टेस्ट  क्रिकेटको ब्याट्सम्यानमा भारतीय कप्तान विराट कोहली शीर्ष स्थानमा यथावत रहेका छन् ।

इंग्ल्याण्डविरुद्ध पाँच टेस्ट श्रृंखला ४–१ ले गुमाए पनि कप्तान कोहली भने ब्याट्सम्यानको शीर्ष स्थानमा यथावत रहेका हुन् । इंग्ल्याण्डविरुद्ध ५९.३० ओ औसतमा कोहलले ५९३ रन बनाएका थिए ।

सिरीज सुरु हुनु पूर्व विराट दोस्रो स्थानका स्टीव स्मिथभन्दा २७ अंकले अगाडि थिए भने अब  उनी जम्मा १ अंकले मात्रै अगाडि छन् । अब वेस्ट इण्डिज विरुद्धको टेस्टमा कोहलीले उत्कृष्ट पारी नखेले शीर्ष स्थान गुम्ने  खतरा भने रहेको छ । 

अहिले कोहलीले ९३० अंक जोड्दा स्मिथको ९२९ अंक छ । यसैगरी अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका एलेस्टर कुक टेस्ट वरियताको दशौं नम्बरमा रहेका छन् ।

आईसीसीले जारी गरेको वरियतामा इंग्ल्याण्डका जेम्स एन्डरसन वलिङतर्फ शीर्ष स्थानमा रहेका छन् ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया