विश्वकपको उपाधि उचालेका लाेरिस २० महिनाको प्रतिबन्धमा

 भदौ २८, २०७५ बिहिबार ७:१६:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

रसिया विश्वकपको उपाधि जित्दा मुख्य भुमिका खेलेका गोलकिपर  ह्युगो लोरिसलाई ड्रिंक एण्ड ड्राइभ केसमा २० महिनाको प्रतिबन्ध लागेको छ । उनले २० महिनासम्म गाडी चलाउन नपाउने भएका छन् भने ५० हजार पाउण्ड जरिवाना लागेको छ ।

इंग्लिस क्लव टोटनह्यामका गोलकिपर लोरिस २४ तारिखको बिहान सीमा भन्दा बढी रक्सी पिएर गाडी चलाएको अवस्थामा पुलिसले पक्राउ गरेको थियो । मेर्लिबोनमा समातिएका लोरिसलाई वेष्टमिनिस्टरको अदालतले उनलाई २० महिनासम्म गाडी चलाउन नपाउने गरि कारवाही सुनाएको हो ।

लोरिसले ४८ किलोमिटर प्रतिघण्टा गाडी कुदाउनुपर्ने सडकमा २४ किलोमिटर प्रतिघण्टाको गतिमा मात्र गाडी कुदाईरहेको देखेपछि पुलिसले उनलाई समातेको थियो । पहिलो चेकजाँचमै उनीले मादकपदार्थ खाएको पुष्टि भएपछि अदालती केस भएको थियो । जसमा अदालतले उनीलाई दोषी करार गर्दै कारवाही सुनाएको हो ।  

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया