ए’ डिभिजन लिगका लागि मनाङ–मर्स्याङ्दीले भित्र्यायाे ओलावालेलाई

 भदौ २८, २०७५ बिहिबार ७:४९:१ | उज्यालो सहकर्मी
unn.prixa.net

झण्डै ५ वर्षपछि हुन लागेकाे ए डिभिजन लिगका लागि मनाङ–मर्स्याङ्दी क्लबले अफिज ओलावालेलाई अनुबन्ध गरेको छ ।

नाइजेरियन फरवार्ड ओलावालेलाई क्लबले एक सिजनको लागि अनुबन्ध गरेको हो । शहीद स्मारक ‘ए’ डिभिजन लिगलाई मध्यनजर गर्दै क्लबले पूर्व खेलाडी ओलावालेलाई भित्र्याएकाे हाे  । तर अापसी समझदारीमा अनुबन्ध रकम खुलाइएको छैन ।

२३ वर्षीय ओलावाले दुई वर्षपछि मनाङमा फर्किएका हुन् । उनी अहिले बंगलादेश प्रिमियर लिग क्लब रहमतगन्ज मुस्लिम फ्रेन्डस् सोसाइटीएबाट थिए । जसमा उनले ६ खेलमा ३ गोल गरेका थिए ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया