सरकार ! पत्रकारहरुलाई पक्राउ गर्ने जस्तो काम पनि गर्ने हो ? :कांग्रेस नेता देउवा

 भदौ २८, २०७५ बिहिबार १३:५७:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खोजतलास साप्ताहिकका सम्पादक राजु बस्नेतलाई पक्राउ गरेकोमा आपत्ति जनाउनु भएको छ ।

सभापति देउवाले प्रहरीले सम्पादक बस्नेतलाई पक्राउ गरेको घटनाप्रति आपत्ति जनाउँदै निन्दा र भत्र्सना गर्नुभएको हो । बिहीबार संघीय संसद भवन नयाँ बानेश्वर परिसरमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै उहाँले आफ्नो पार्टी त्यस घटनाको विरुद्धमा रहेको प्रतिक्रिया दिनुभयो । 

उहाँले पत्रकारहरुलाई पक्राउ गर्ने जस्तो काम पनि गर्ने हो ? भनि सरकारलाई प्रश्न पनि गर्नुभयो । सभापति देउवाले सरकारले पत्रकारहरुलाई पनि पक्राउ गरेकाले आफ्नो पार्टीले विरोध गर्नुपरेको स्पष्ट पार्नुभयो ।

समाचार प्रकाशन गरेकै आधारमा गएको सोमबार बिहान पक्राउ पर्नुभएका खोजतलास साप्ताहिकका सम्पादक बस्नेतलाई प्रहरीले विद्युतीय कारोबार ऐन अन्तर्गत अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

त्यसैगरी त्यसै घटनामा आवश्यक सोधपुछ गर्न प्रहरीले दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई पनि उर्दी जारी गरेको थियो । 

सभापति देउवाले पत्रकारलाई पक्राउ गरिएको सो घटनाको निन्दा गर्दै आफ्नो पार्टीले विरोध गरिरहेको पनि स्मरण गराउनुभयो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया