न्यायाधीश जोशीले हेर्न थाले मुद्धा

 भदौ २८, २०७५ बिहिबार १४:०:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले आजदेखि फेरि न्याय सम्पादन सुरु गर्नुभएको छ । 

प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि घर बिदामा बस्नुभएका जोशी नयाँ प्रधानन्यायाधीश नियुक्तिपछि सोमबारदेखि पुनः सर्वोच्चमा फर्किनुभएको थियो ।  

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले पहिलो र दोश्रो दिन अर्थात मंगलबार र बुधबार निकाल्नु भएको दैनिक पेशी सूचीमा जोशीलाई जिम्मेवारी दिनुभएको थिएन । तर बिहीबार जोशीको एकल इजलाश तीन वटा मुद्धा तोकिएको छ ।

जसमध्ये दुई वटा मुद्धाको सुनुवाइ भइसकेको र एक मुद्धामा सुनुवाइ भइरहेको सर्वोच्चका इजलाश अधिकृत सुभाषचन्द्र दाहालले बताउनुभयो ।  

संसदीय सुनवाइ विशेष समितिले जोशीलाई प्रधानन्यायाधीशमा अस्वीकृत गरेपछि नयाँ प्रधानन्यायाधीश ओमप्रकाश मिश्र बन्नु भएको छ । प्रधानन्यायाधीशमा नियुक्त भएलगत्तै सर्वोच्चमा पदभार ग्रहण गर्न जाँदा मिश्रलाई जोशीले नै स्वागत गर्नुभएको थियो ।   

प्रधानन्यायाधीशले अन्य न्यायाधीशहरुसँग छलफल गरी जोशीलाई आजबाट पेशी दिइएको सर्वोच्च प्रशासनले बताएको छ ।

संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भएपछि जोशी गत साउन २० गतेदेखि बिदामा बस्नु भएको थियो । नयाँ प्रधानन्यायाधीशमा मिश्र नियुक्त भएसँगै जोशी न्यायाधीशकै रुपमा सर्वोच्च फर्कनु भएको हो ।  

अन्तिम अपडेट: बैशाख ५, २०८१

2 Comments

  • Tabrej Ansari

    Sept. 13, 2018, 8:09 p.m.

    I think It's good one... Mudda mamila (cases) xitto ta herna sakinxa... Auta case solve garna dherae din vanda pani saal/barsa (year) lagxa... Waha lae leyaeyo, ramrae garyo... Pura manxe lae ta haina, tra kamti maa kehi maanxe ko ta case xito solve hola ni... Congratulation you again Joshi Ji...

  •  0 Reply
  • Gopal Basnet

    Sept. 13, 2018, 2:11 p.m.

    I think it's good & our Government has to utilize their experience for the betterment.

  •  0 Reply

तपाईको प्रतिक्रिया