सोलुमा भालुको आक्रमणबाट दुई जना गम्भीर घाइते, हेलिकप्टरबाट काठमाडौं लैजाने तयारी

 भदौ २८, २०७५ बिहिबार १४:४९:५३ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – भालुको आक्रमणबाट सोलु दूधकुण्ड नगरपालिकामा दुई जना महिला गम्भीर घाइते भएका छन् । 

सोलु दूधकुण्ड नगरपालिका –३, थुम्लिङमा बिहीबार बिहान घरनजिकैको जंगलमा घाँस काट्न गएका बेला भालुले आक्रमण गर्दा ४० वर्षीया सानु मगर ४७ वर्षीया मनकुमारी मगर गम्भीर घाइते भएका हुन् । भालुको आक्रमणबाट सानु र मनकुमारीको टाउको, घाँटी र तिघ्रामा ठूलो घाउ भएको छ । पाँच जना सँगै घाँस काट्न गए पनि अन्य तीन जना भने भागे ज्यान बचाउन सफल भएका थिए ।

घाइते दुवैको अहिले जिल्ला अस्पतालमा उपचार भैरहेको  छ । त्यस्तै दुवैको आँखामा समेत भालुले नङ्ग्राले चिथोरेका कारण गम्भीर चोट लागेको जिल्ला अस्पताल सोलुकी डाक्टर महिमा पन्तले बताउनुभयो । 

जिल्ला अस्पतालमा उपचार सम्भव नभएकाले घाइतेलाई हेलिकप्टरबाट काठमाडौं लैजाने तयारी भैरहेको छ । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया