सत्तामा रहँदा कांग्रेसले गल्ती गरेकै कारण चुनाव हार्‍याे, नेकपाले त्यसबाट पनि पाठ सिकोस् : प्रवक्ता शर्मा

 भदौ २८, २०७५ बिहिबार १७:२०:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सफल बनाउन सत्तापक्ष र प्रतिपक्षबीच मिलेर अघि बढ्नुको विकल्प नरहेको बताउनु भएको छ । 

प्रवक्ता शर्माले प्रधानमन्त्री केपी ओलीलाई कांग्रेसको हारबाट पाठ सिकेर अघि बढन पनि आग्रह गर्नु भयो ।  उहाँले निर्वाचनमा भएको जित ‘सधैँका लागि हो जस्तो’ भ्रममा नपर्न पनि प्रधानमन्त्री ओलीलाई सचेत गराउनुभयो । बिहीबार काठमाडौंमा आयोजित लेखनाथ न्यौपानेले लेखेको ‘संघर्षको इतिहास’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उहाँले नेपाली–नेपालीबीच नै सिक्न र झुक्न सिके अरुसँग सिक्न र झुक्न नपर्नेसत्तारुढ दलका नेताहरुलाई सुझाव पनि दिनुभयो ।

प्रवक्ता शर्माले सत्तामा रहेर गल्ती गर्दा कांग्रेसले निर्वाचनमा हार व्यहोर्नु परेको उल्लेख गर्दै त्यसबाट पाठ सिकेर अघि बढन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेतृत्वसँग आग्रह गर्नुभयो । 

उहाँले पार्टीलाई सरकारमा रहँदा गलत बाटोमा जान नदिन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताहरुलाई सचेत रहनु पनि आग्रह गर्नुभयो । प्रतिपक्षको रुपमा सरकारलाई गलत बाटोमा जान नदिन कांग्रेसले खवरदारी गरिरहने पनि प्रवक्ता शर्माले स्पष्ट पार्नुभयो ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया