सांगठनिक एकीकरणको विषयमा सहमति जुटाउने जिम्मा २ अध्यक्षलाई

 भदौ २८, २०७५ बिहिबार २०:२०:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - नेपाल कम्युनिष्ट पार्टी (ने क पा) ले पार्टीको सांगठनिक एकीकरणको विषयमा सहमति जुटाउने जिम्मेवारी दुई अध्यक्षलाई दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहटीबार बसेको सचिवालय बैठकमा सांगठनिक एकीकरणको विषयमा छलफल भएको र यसको निर्णय गर्ने जिम्मा दुई अध्यक्षलाई दिइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

शुक्रबार दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच थप छलफल हुने र सांगाठनिक विषय टुँगो लाग्ने प्रवक्ता श्रेष्ठले बताउनुभयो । यसअघि सचिवालयले टुंगो लगाएको पार्टीको सांगठनिक एकीकरण सम्बन्धी सहमतिलाई स्थायी समिति बैठकले अनुमोदन गर्ने निर्णय गरेको थियो ।
 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया