जान्हवी कपूर बलिउडकै पहिलो रोजाइकी अभिनेत्री बन्ने

 भदौ २९, २०७५ शुक्रबार १०:२३:५० | उज्यालो सहकर्मी
unn.prixa.net

फिल्म ‘धडक’ बाट बलिउड डेब्यू गरेकी अभिनेत्री जन्हवी कपूर अहिले बलिउडै पहिलो रोजाइकी अभिनेत्री बन्ने तरखरमा लागिसकेकी छिन् ।

फिल्म ‘धडक’ सफल भएसँगै निर्माता तथा निर्देशकहरुको नजरमा पर्न सफल जान्हवीले पहिलो फिल्मबाट उनको अभिनयका कारण वाहवाही पाइसकेकी थिइन् । फिल्म ‘धडक’ पछि निर्माता तथा निर्देशक करण जोहरले उनको फिल्म ‘तख्त’ मा जान्हवीलाई साइन गरिसकेका छन् । 

जान्हवी कपूरलाई अर्को फिल्मको लागि पनि अफर आइसकेको छ । धर्मा प्रोडक्शनले निर्माण गर्न लागेको गुञ्जन सक्सेनाको बायोपिकका लागि जान्हवीले साइन गरिसकेकी छिन् । यस फिल्ममा जान्हवी पहिलो महिला इन्डियन एयरफोर्स पाइलट गुञ्जन सक्सेनाको भूमिका निर्वाह गर्नेछिन् ।

जान्हवी कपूरले यस फिल्ममा रहेको उनको भूमिकाको लागि अहिलेबाटै तयारी सुरु गरिसकेकी छिन् । साथै गुञ्जन सक्सेनासँग भेटघाट पनि गरिरहेकी छिन् । उनी अहिले गुञ्जनको बोली व्यवहार र चालचलन हेर्दै त्यही अनुसार अभ्यास गरिरहेकी छिन् । 

जान्हवी अभिनित यस फिल्मको छायाँकंनको काम अर्को वर्षबाट सुरु हुनेछ । करण जोहरको निर्माणमा बन्ने यस फिल्मको निर्देशन कस्ले गर्ने भन्नेबारे भने अहिले टुंगो लागिसकेको छैन ।

अहिले जान्हवी कपूर जुन रफ्तारमा धर्मा प्रोडक्सनका फिल्महरु एक पछि अर्को गर्दै साइन गरिरहेकी छिन् । त्यो हेर्दा लाग्छ उनी अब करण जोहरले नै बलिउड डेब्यू गराएकी अर्की अभिनेत्री आलिया भट्टलाई टक्कर दिन सक्नेछिन् । 

यस अघिसम्म करण जोहरका लागि पहिलो रोजाइकी अभिनेत्री आलिया भट्ट थिइन् भने अहिले करणको पहिलो रोजाइमा जान्हवी कपूरलाई राखेका छन् । अब बलिउड फिल्म उद्योगमा धर्मा प्रोडक्शन क्याम्पकी अभिनेत्री आलिया भट्ट वा जान्हवी कपूर मध्ये कुन अभिनेत्री सफलताको दौडमा अगाडि हुनेछिन त्यो त आगामी दिनमै थाहा हुनेछ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया