पत्रकार राजु बस्नेतलाई कानुन बमोजिम नै पक्राउ गरिएको हो : गृहमन्त्री थापा

 भदौ २९, २०७५ शुक्रबार १२:१६:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – गृहमन्त्री रामबहादुर थापा बादलले पत्रकार राजु बस्नेतलाई कानुन बमोजिम नै पक्राउ गरिएको बताउनुभयो । 

राष्ट्रिय सभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री थापाले बस्नेतका विरुद्धमा उजुरी आएपछि कानुन बमोजिम नै पक्राउ गरिएको बताउनुभयो । 

‘गृहमन्त्रालयले आदेश दिएर उनलाई पक्राउ गरिएको होइन,’ थापाले भन्नुभयो, ‘सम्बन्धित निकायमा उजुरी परेपछि ति निकायले नै कानुन बमोजिम बस्नेतलाई पक्राउ गरेको हो ।’

नागरिकहरुको अपमान गरेको तथा झुठा समाचार प्रकासन गरेको भन्ने बारेमा उजुरी परेपछि उनलाई कानुन बमोजिम नै पक्राउ गरेको उहाँले बताउनुभयो ।  

यसले प्रेस स्वतन्त्रताको हनन् गरेको नभई कानुन कार्यान्वयनको सवालमा स्टेप चालिएको गृहमन्त्री थापाले बताउनुभयो ।  

पत्रकारलाई हत्कडि लगायो भन्ने खालको कुरामा आफ्नो पनि ध्यानाकर्षण भएको र त्यसबारेमा सम्बन्धित निकायलाई अवगत गराउँदा कानुन बमोजिम नै आफूहरुले काम गरेको भन्ने जवाफ आएको पनि सदनमा उहाँले जानकारी गराउनुभयो । 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया